राजेश नेपाली नेटवर्क, चैत्र २१ । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं. २ खुङग्रीमा आज वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । वडा नं. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरिको अध्यक्षतामा वडाकार्यालय भवनको उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुुणेन्द्र घर्ति रहनुभएको थियो भने बिशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष बागमति क्षेत्रिनि र प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलको आथित्यतामा रहेको थियो । कार्यक्रमको अन्य अतिथिमा वडा नं. १ का वडा अध्यक्ष केशबलाल कँवर, वडा नं. ४ का वडा अध्यक्ष गन्ज क्षेत्री, पत्रकार लगाएत वडा सदस्य, बिभिन्न दलका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी तथा बुद्धिजिविको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घर्तिले अहिले सम्म आफुले गरेका काममा कसैले पनि औला उठाउने ठाउँ नभएको र जनताको भावना जनताको चहाना अनुसारनै आफुहरुले काम गरेको बताउनुभएको छ । सबै वडाका गाउँ , बस्तीमा सडक, बिद्युत, शिक्षा यी सबै जनताका चाहाना इच्छा अनुसारनै काम गरेको उहाँको भनाई रहेको छ ।
सुनिलस्मृती गाउँपालिकाको एउटा मात्र बस्ती बाहेक अरु सबै बस्ति र वडामा मोटर बाटाकोे ट्र¥याक खोलेको बताएका छन उहाँले सबै वडामा मोटरेबल पुल मार्फत सबै वडामा बस पु¥यउने लक्ष लिएको समेत बताउनु भएको छ । उहाँले गाउँपालिका गुरुयोजनाका साथ अगाडि बढेको भन्नुभएको छ । उहाँले उहाँले कार्यक्रममा बोल्दै भन्न,भयो, आपmनो कार्यकाल सिद्धिनै लाग्दा आफुहरुले केही नराम्रा काम गरेमा केही कमीकमजोरी भएका चुनाव पछि आउने जनप्रधिनीले पुरा गने समेत बताउनुभएको छ । वडा भवनको प्रमुख अथितिले रिबन काटेर उद्घाटन गर्नुभएका हो भने वडासदस्य पुनम कुमारि सिंहको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन वडा सचिव प्रकाश भारतीले गर्नुभएको थियो ।



0 Comments