राजेश नेपाली नेटवर्क,२८ जेष्ठ । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले संघ र प्रदेशको निर्वाचनसम्म पाँचदलीय गठबन्धन मिलेरै जाने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री कार्यलयका मन्त्री समेत रहेका श्रेष्ठले दलदलमा आपसी समस्या हुनु स्वभाविक रहेको बताउँदै मिलेरै र मिलाएरै आगामी चुनावमा लड्ने भएकाले गठबन्धन कायम रहने बताउनुभयो ।
बजेट पास भइसकेपछि दलभित्र आ–आफ्ना केहि मतभेदका कुराहरु आउनसक्ने भएकाले त्यसपछि भने केहि परिवतर्न हुन सक्ने तर्फ नेता श्रेष्ठले संकेत गर्दै अहिले भने मिल्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
बजेट पास भइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नेकपा एसले सिफारीस गरेका नामहरुलाई मन्त्री बनाउने श्रेष्ठको भनाइ छ ।
नेता श्रेष्ठले भन्नुभयो, ‘केहि विशेष परिस्थितीका कारण त्यो बेला रोकियो तर केहि समय लाग्ला, ढिलोचाँडो प्रधानमन्त्रीले नेकपा एसबाट सिफारीस भएकै नामलाई मन्त्री बनाउनुहुन्छ ।’
अहिलेको समय र अवस्थाअनुसार काम गर्न सक्ने हेरेर सबै पुराना हटाएर नयाँ अनुहार ल्याउन पनि संभव छ र केहि राखेर केहिमात्रै नयाँ थप्न पनि सकिने यो पार्टीको अधिकार र निर्णय भएकाले स्विकार गर्नुपर्नेमा जोड दिनुभयो ।

0 Comments