पूर्वमन्त्री मिथिला चाैधरीको निधन

राजेश नेपाली नेटवर्क,२८ जेष्ठ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ।

भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभयो ।


मिथिला संविधान सभा सदस्यसमेत हुनुभएको थियो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

Post a Comment

0 Comments