पाल्पाका पूर्वसांसद भद्रबहादुर थापा मगरको निधन

राजेश नेपाली नेटवर्क,२९ जेष्ठ । पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो । 

२०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेकाे आफ्नै निवासमा निधन भएको हो । केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थापा स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षक पनि हुनुहुन्थ्यो ।


२०४७ सालमा संविधान जारी भएपछि २०४९ सालको पालिका चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष हुनुभएका उहाँ २०५४ सालमा पुन: साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि थापा पाल्पा जिल्ला विकास समितिको उपसभापति हुनुभएको थियो ।

२०६४ सालमा अन्तरिम विधायिका सदस्य रहनुभएका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य हुनुहुन्थ्याे । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । 

Post a Comment

0 Comments