राजेश नेपाली नेटवर्क,२९ जेष्ठ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयसम्मको बजेटका शीर्षकमाथि छलफल हुनेछ ।
संसद् सचिवालयका अनुसार आज विनियोजन विधेयक २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

0 Comments