राजेश नेपाली नेटवर्क,२५ जेष्ठ । परिवर्तन गाउँपालिका रोल्पाको प्रबक्तामा हरि प्रसाद बुढा मगर चयन भएका छन । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट परिवर्तन गाउँपालिकाको वडा नम्बर २ मा वडा अध्यक्ष पदमा निर्बाचित भएका बुढालाई गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले प्रबक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।मङ्गलबार बसेको पहिलो कार्यपालिकाको बैठकले प्रबक्ताको जिम्मेवारी सङ्गै राजस्व परामर्श समिती,सामाजिक बिकास समिती,आर्थिक बिकास समिती,पुर्बाधार बिकास समिती,बन,बाताबरण तथा बिपद ब्यबस्थापन समिती,सुशासन तथा संस्थागत बिकास समिति,स्रोत अनुमान तथा बजेट निर्धारण समिती तथा बजेट तथा कार्यक्रम तर्जुमा समिती,गाउँ शिक्षा समिती गठन गरेको छ ।
यस्तै बैठकले पालिका स्तरिय योजना अनुगमन समिती र वडा स्तरिय योजना अनुगमन समिती समेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नेपाल सरकारले दिएको २ दिने सार्बजनिक बिदालाई समेत पुनरावलोकन गरि पुर्बबत रुपमा कार्यालय र अन्तरगतका निकाय संचालन हुने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव राज न्यौपानेले जानकारी दिनुभएको छ ।

0 Comments