राजेश नेपाली नेटवर्क,२६ श्रावण । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् । परिचालन कमिटीमा जनसङ्गठनका अध्यक्ष र महासचिव सहित केन्द्रीय विभागका सचिव रहने छन्।

0 Comments