कोरोनाका ४५५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

राजेश नेपाली नेटवर्क,२९ श्रावण । देशभर पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ रहेको छ ।

Post a Comment

0 Comments