सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

राजेश नेपाली नेटवर्क,१९ श्रावण । सप्तरीमा गएराति करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका–६ मा दुई जनाको र राजगढ गाउँपालिका–२ कमलपुरमा एक जनाको मृत्यु भएको हो । कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु ससुरा(बुहारी रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।

सात महिनाकी गर्भवती रहेकी अन्जलीलाई मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै कमलपुरका ५६ वर्षीय शिवशङ्कर साहको पनि मोटरमा पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको यादव जानकारी दिनुभयो ।

Post a Comment

0 Comments