पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

राजेश नेपाली नेटवर्क,१८ श्रावण । मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि पहिरो पन्छाएपछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिनुभयो ।

सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम छ ।

लेन अनुशासन पालना गरेर गाडी चलाउन उहाँले आग्रह गर्नु भएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उहाँले आग्रह गर्नु भएको हो ।

गएराति सडक खुल्दा पनि यसैगरी लेन अनुशासन पालना नगर्दा हिजो दिनभर रोकिएका सबै गाडी पार हुन पाएका थिएनन् । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो । अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि गएराति साढे १० बजे खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको थियो ।

Post a Comment

0 Comments