जावलाखेलमा पुष्प मेला (फोटो फिचर)

कार्तिक ३, रोल्पा । गोदावरी फूल मेला तथा प्रदर्शनी आज बिहीवारदेखि सुरु भएकाे छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ ललितपुरको जावलाखेल मैदानमा १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएकाे हाे । 

तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यावसायिक विस्तार तथा प्रवर्द्धनका लागि बर्सेनि मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो ।

प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेका छन् ।

प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको पाँच वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कटफ्लावर प्रजाति रहेका छन् ।

साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा बिरुवासमेत प्रदर्शनीमा राखिएकाे छ । 

फ्लोरिकल्चर एशाेसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा भएकाे मेला आउँदो आइतवारसम्म चल्नेछ । 

Previous Post Next Post