राेल्पा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले विजयी हुनुभएको छ । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बन्नुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बन्नुभएको छ ।
नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभएको छ । दाहाल विजयी बने पनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।
गोरखा-२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

0 Comments