चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको ज्यान गएको छ । 

ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाग्मती प्रदेश ०३–००१ ख १८६३ नम्बरको ट्रकले साइकल यात्री पाण्डेलाई ठक्कर दिएको हो ।

Post a Comment

0 Comments