काठमाडौँ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने हुनुभएको छ।
मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ ।
लगत्तै सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जहाँ उनले महात्मा गान्धीप्रति पुश्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।

0 Comments