काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कठायत बोहोराले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।चौधरीलाई आममाफी दिने सरकारको निर्णय रोक्न गत आइतबार नै बोहोराले पेश गरेको रिट निवेदन सर्वोच्चले मंगलबार दर्ता गरेको हो ।
तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिइसक्नु भएको छ भने चौधरी गणतन्त्र दिवसको दिन जेल मुक्त भइसकेका छन् ।

0 Comments