गर्मी बढेपछि चारवटा पालिका भित्रका विद्यालय बन्द

चितवन ।  गर्मी बढेपछि चितवनका ४ पालिकाले विद्यालयमा विदा दिएका छन् । अत्याधिक गर्मीले साना साना बालबालिका बढी प्रभावित भएको भन्दै जिल्लाका रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले विद्यालयहरु बन्द गराएका हुन् । चितवन जिल्लामा एक सातायता अधिकतम तापक्रम ३९ डिग्रीभन्दा माथि पुगेको छ ।

भौतिक संरचना राम्रो नभएका कतिपय विद्यालयमा विद्यार्थीहरु बेहोस हुने, विरामी हुने जस्तो अवस्था देखिएपछि पालिकाहरुले सूचना निकालेर विद्यालय विदा दिएको जानकारी गराएका छन् । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । खैरहनी नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

Post a Comment

0 Comments