तनहुँ । तनहुँकाे व्यास नगरपालिकामा आमा र नवजात शिशुको ज्यान गएकाे छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुकाे पोखरामा रहेकाे क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएकाे हाे ।
मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुकाे ज्यान गएकाे भन्दै छानबिनको माग गरेका छन्।
छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपाेर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताउनु भएकाे छ ।
पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको बताएका दरैले बताउनु भयाे ।
चीजबहादुरले भन्नुभयो, 'छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।'
.jpg)
0 Comments