मकवानपुरमा ५४ लाख रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ

मकवानपुर । मकवानपुरमा ५४ लाख रुपैयाँबराबरको अवैध सुनसहित एक युवक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित पक्राउ परेका युवकलाई सार्वजनिक गरेको हाे । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेकाे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा रहेका साहलाई सुनसहित पक्राउ गरेकाे हाे । 

साह जुत्ताको नोकभित्र ५ सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याउँदै गरेकाे अवस्थामा समातिएका प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments