काठमाण्डाै । माल्दिभ्समा भइरहेकाे फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनशिपमा नेपालले पाकिस्तानलाई हराएको छ ।
माल्दिभ्सको मालेमा आज बिहीवार भएकाे खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले हराएको हो ।
नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो ।
अब नेपालले पर्सि शनिवार बङ्गलादेशसँग र आइतवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बङ्गलादेश, भुटान र पाकिस्तान छन् । राउन्ड रोबिन लिगका आधारमा भइरहेकाे प्रतिस्पर्धामा शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

0 Comments