सभामुखले उद्याटन गरेको शैक्षिक मेला बालेनले बन्द गराए

काठमाडौं। भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ। सभामुख देवराज घिमिरेले उद्याटन गरेको शैक्षिक मेला प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रमुख मेयर बालेन्द्र शाहको निर्देशनमा महानगर प्रहरीले रोकेको हो ।

आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिनुभयो।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो। तर,अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएको उहाँको भनाई छ ।

त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ। तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोक लगाइएको उहाँको भनाई छ।

उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर(शैक्षिक मेला)को आयोजना गरेको थियो। उक्त मेलाको सभामुख घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए।

उक्त मेलामा ७५ वटाभन्दा बढी शैक्षिक संस्थाका स्टलहरु राखिएका थिए। आइतबारसम्म सञ्चालन हुने भनिएको उक्त मेला अब महानगरसँग अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिइने महानगरले जनाएको छ ।

Post a Comment

0 Comments