प्रेम आलेलाई मन्त्री किराँतीको मुखभरीको जवाफ

काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भन्दै चेतावनी दिनुभएको छ ।

पूर्वपर्यटनमन्त्री आलेले सदनमा किराँतीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि उहाँले चेतावनीपूर्वक जवाफ फर्काउनुभएको हो ।

किराँतीले फेसबुकमा लेख्नुभएको छ, ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।’

उहाँले आफू देश र जनताको लागि राम्रो काम गर्नमात्रै जानेको बताउनुभएको छ ।

Post a Comment

0 Comments