समाजवादी मोर्चा आज घोषणा नहुने, आन्तरिक तयारी पुगेन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ ।

आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ ।

मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित नभएकाले औपचारिक निणर्य हुन नसकेको हो।

Post a Comment

0 Comments