“कार्यकर्ता तहमा निराशा चुलियो” : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा कार्यकर्ता तहमा निराशा चुलिएको बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा संबोधन गर्दै महामन्त्री थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताउनु भएको हो ।

उहाँले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको छ।पार्टीलाई सुधार गरी अघि बढाउनेगरी अभियान अघि बढाइनुपर्छ,” थापाले भन्नुभयो।

Post a Comment

0 Comments