बझाङमा भिरबाट लडेर एक जनाकाे ज्यान गयो

बजाङ । बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीया लडे जेठाराको भिरबाट लडेर ज्यान गएको हाे ।

आफन्त चक्रबहादुर बोहाेराका अनुसार यार्सा सङ्कलन गर्ने ठाउँ पार्थीबाट घर जान हिँडेका उहाँको हलेलीको भिरबाट लडेर ज्यान गएको हो । हिजो भिरबाट लडेका जेठाराको आज बिहान शव फेला परेको  छ । घरमा ७३ वर्षकी आमा गदिदेवि बोहाेरा बिरामी परेको खबर पाएपछि जेठारा यार्सा टिप्न छोडेर घर फर्कँदै हुनुहुन्थ्यो ।

यार्सा सङ्कलनकै क्रममा यस वर्ष सुर्मा गाउँपालिकाका ६ जनाले ज्यान गुमाएका छन् । भिरको बाटो साँघुरो र अप्ठ्याराे भएका कारण भिरबाट लडेर र चिसोले कठ्याङ्ग्रिँएर तथा हिमपहिरोमा परि बर्सेनि यस्ता घटना हुने गरेको वडा–१ का वडाअध्यक्ष दिनेशबहादुर बोहाेराले बताउनुभयो ।

Post a Comment

0 Comments