प्रकृतिको पुजापाठ गरेर मनाइने मगर समुदायको ठुलो पर्व भुम्या पर्व रोल्पाको सुनछहरी गाउँपालिका ७ जेलबाङ र थबाङ गाउँपालिकाको थबाङमा आजदेखी सुरु भएको छ।प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्वपूर्ण पर्व हो । ।हरेक वर्षको असार १ गते देखि २ देखि ५ दिन सम्म निकै हर्ष उल्लासका साथ यो पर्व १८ मगरात अन्तर्गत दाङ, रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट लगाएतका
जिल्लाहरुमा धुमधामसँग मनाउने गरिन्छ । १२ मगरात क्षेत्रमा बैशाखे पूणिर्माको बढी महत्व छ भने काइके मगरात क्षेत्रमा अन्य मौलिक संस्कृतीप्रचलित छन् ।बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गर्ने गरिन्छ । उत्पादन बढोस्, पहिरो नजाओस् भनेर जमिन र प्रकृतिलाई शक्तिका रूपमा पूजा गर्ने मगर समुदायको परम्परा हो । माघे संक्रान्तिपछि वैशाखे पूणिर्मा र भुमे पूजा मगर समुदायका प्रमुख पर्व मानिन्छन् ।
भुमे पर्वको अवसरमा असार १ गते लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक बिदा दिदै आएको छ भने रोल्पाको सुनछहरी गाउँपालिकाले थप एक दिन असार २ गते पनि बिदा दिदै आएको छ। JaljalaDaily

0 Comments