काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेपछि आज सुनुवाइ हुन सकेन । न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेपछि सुनुवाइ हुन नसकेको हो ।
यस अघि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै दीर्घकालीन कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो । सोही इजलासले साउन ७ गतेदेखि निरन्तर पेशीमा राखी मुद्दाको सुनुवाइ गर्न आदेश समेत गरेको थियो ।नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको नियुक्ति गैरकानूनी रहेको भन्दै मुद्दा दायर गर्नुभएको थियो ।

0 Comments