काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइतबार(आज) २६ जना सहसचिवको सरुवा निकालेको हो ।
राष्ट्रिय किताबखाना निजामतीका महानिर्देशक टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा, संघीय मामिला मन्त्रालयका प्रदीपराज अधिकारीलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय जाजरकोटका सीडीओ रामकुमार महतोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।
संघीय मामिला मन्त्रालयकै ध्रुवराज पण्डितलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यसैगरी बागमती प्रदेशका प्रदेश सचिव अस्मान तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
मोरङको जिल्ला प्रशासन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई बागमती प्रदेशको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ ।



0 Comments