रोल्पा । पछिल्लो समय बजारमा धमाधम मोर्डन खालका तीजका गितहरु सार्वजनिक गर्ने लहर चलिरहेको बेला गायक अर्जुन बिष्टको पहिलो तीज गीत (भिडियो सहित ) आइतबार सार्वजनिक भएको छ । चिटिक्कै परेर बोलको तिज गीत (भिडियो सहित) श्रावण २१ गते आईतबार बिहान साढे ८ बजे सार्वजनिक हुने गायक बिष्टले बताउनुभएको छ । अर्जुन विष्टको आफ्नै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक जानकारी दिनुभएको छ ।
झन्डै २ लाख लगानीमा बनेको उक्त तिज गीतमा समाजको राम्रो पक्षलाई समाबेश गरेर बनाइएको विष्टले भनाई रहेको छ । यस गीतमा अर्जुन विष्ट र तुलसा घर्ति मगरको स्वर रहेको छ । शब्द अर्जुन बिष्ट र लय दीपक पुनमगरको रहेको छ । अमर रोका मगरको एरेन्जमा रहेको गीत शंकरा रेकर्डिङ डिजिटल स्टुडियो बाग बजार काठमान्डौमा रेकर्ड गरिएको हो । गितको निर्देशक खड्क बहादुर पुन (खबपु) चनचल मगरले गर्नुभएको थियो । उक्त गितमा अभिनय ‘पत्थरको मुटु’ विजय पुन मगर र करिश्मा पुन मगरको रहेको छ ।
भिडियोसहित लिंक

0 Comments