एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल निर्वाचित

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।

गएराति सम्पन्न मतपरिणाम अनुसार उहाँले ४७९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४७७ मत पाउनुभयो । दुई मत अन्तरले पाल्पाका कँडेल निर्वाचित भएका अध्यक्ष मण्डलका सचिव सूर्य थापाले बताउनुभयो ।

उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँ ४५५ मत पाए। उहाँका प्रतिद्वन्द्वी रूपन्देहीकै विश्वराज बराल (अनुप) ३०६, पुजन विश्वकर्मा (बाँके)० ९८ र शान्तकुमार वली (रोल्पा) ५६ मत पाएका छन्।

उपसचिवमा पूर्ण बुढामगर (रोल्पा) र उपसचिवमा (महिला) लीला राना मगर(बर्दिया) विजयी भएका थापाले बताए। यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन्। घिमिरे पनि कँडेल प्यानलका हुनुहुन्छ । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन्।

पदाधिकारीमा एक उपसचिव बाहेक अरु सबै पदमा राधाकृष्ण कँडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन्। सचिवमा दाङका लक्ष्मण आचार्य सर्वसम्मत निर्वाचित भइसकेका छन्। नवनिर्वाचित पदाधिकारीलाई आजै बिहान सपथग्रहण गराउने कार्यक्रम रहेको थापाले बताउनुभयो ।

एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन्।

 

Post a Comment

0 Comments