काठमाडौं । वरिष्ठ लोकगायक नारायण रायमाझीको साङ्गीतिक साँझ भव्यरुपमा सम्पन्न भएको छ । हिजो शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित नारायण रायमाझी साङ्गीतिक साँझ–२०८० सम्पन्न भएको हो ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको साङ्गीतिक साँझमा रायमाझीले नयाँ पुराना गरी दर्जनौँ गित गाउनुभएको थियो ।
साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहेको थियो ।रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा शुरु गर्नु भएको हो । पाल्पाको माथागढी गाउँपालिका–४ मा जन्मिएका रायमाझीका थुप्रै गीतहरु लोकप्रिय छन् ।
0 Comments