कास्की । पोखरा महानगरपालिका–२५ फुर्केटारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
ग १६ प २९१ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा ग १६ प २९१ नम्बरकाे माेटरसाइकल चालक गाेरखाकाे पालुङटार घर भएका ३० वर्षीय शुक्रराज श्रेष्ठकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल चालक र त्यही मोटरसाइकलमा पछाडि बसेका व्यक्तिको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

0 Comments