गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौं ।चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई आज बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो ।

यहि बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो ।

अब चिकित्सकको सल्लाहअनुसार नै उहाँको नेपाल फर्कने तालिका तय हुने दूतावासले जनाएको छ । मन्त्री श्रेष्ठसँगै गएका सरकारी टोली भने आज नै नेपाल फर्किने भएका छन् ।

Post a Comment

0 Comments