काठमाडौं । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल हुने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले यात्रुसँग बढी भाडा असुल्ने र ब्ल्याकमा टिकट बेच्ने लाई ठाउँको ठाउँ कारबाही हुने दाबी पनि गर्नुभयो ।
आधिकारिक कर्मचारीले तोकिएको काउन्टरबाट ब्ल्याक टिकट नबेचेको स्पष्ट पार्दै उहाँले केही बिचौलियाले त्यस्तो गरेको थाहा भएकाले त्यस्ता बिचौलियालाई कारबाही गरिने दोहो¥याउनुभयो ।
स्थानीय सरकारहरुले बेलैमा ग्रामीण सडक मर्मत नगरेकाले यात्रुले सास्ती भोगिरहेको सिटौलाको भनाइ छ ।

0 Comments