कात्तिक ३ गते शोक बिदा दिने निर्णय

 काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाले कात्तिक ३ गते शोक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकामा कार्यरत सव–इन्जिनियरको दुर्घटनामा मृत्यु भएपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले ३ गते शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाको कार्यरत पूर्वाधार विकास शाखाका असिस्टेन्ट सव–इन्जिनियर सरोज महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । 

दसैँ मनाउन अफिसबाट छुट्टी लिएर जनकपुरस्थित घर जाने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बुधवार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो ।

महतो पालिकामा एक महिना अगाडि मात्रै भरतपुर महानगरपालिकाबाट सरुवा भई आएका थिए । महतोको निधनमा बिहीबार पालिकाले एक सूचना जारी गर्दै शुक्रवारका लागि शोक बिदा दिएको जानकारी गराएको छ ।

Post a Comment

0 Comments