काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत मेयर शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गर्नुभएको हो । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जाललाई अनुगमन, नियमनमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।
करको दायरामा ल्याएर गलत गर्नेलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न सरकारलाई उहाँको आग्रह छ । टिकटकबाट हुने भिडिओ दुरुपयोगमा आफू पनि पीडित भएको शाहले बताउनुभएको छ ।
धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।’
नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उहाँले बताउनुभयो । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताउनुभयो ।
साथै खनयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको उहाँको भनाइ छ।

0 Comments