फेरि सर्‍यो कांग्रेस महासमिति बैठक, पुस १६-१९ नयाँ मिति

 काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति फेरि सारेको छ । 

 
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरी नयाँ मिति निर्धारण गरिएको बताउनुभयो । 
 
उहाँले यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताउनुभयो ।

कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएकोमा फेरि सारेर पुस १६ मा पुर्‍याएको हो ।

Post a Comment

0 Comments