शितगंगामा बिष सेवन गर्दा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बिष सेवन गर्दा एक जनाको ज्यान गएको छ ।

शितगंगा नगरपालिका ७, जलुकेका खुमबहादुर थापाको विष सेवन गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ७ को मगराकल्लेरी बस्ने थापाले तरकारीमा राख्ने विषादी सेवन गरेका थिए । 

उनलाई उपचारका लागी भैरहवा मेडिकल कलेज पुर्‍याईएपनि उपचारकै क्रममा ज्यान गएकाे हाे ।

पोष्टमार्टम पछी शव परिवारको जिम्मा लगाईएको र घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments