काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै छ ।
यहि शुक्रवार जाजरकोट र रुकुमुमा गएको भूकम्पबाट भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफलका लागि बैठक डाकिएको हो ।
शनिवार भूकम्प प्रभावित क्षेत्रमा सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण उद्धार, राहत र पुर्नस्थापनाका लागि आज आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम सकिएको पनि बताएको छ ।

0 Comments