काठमाडौं । कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ। सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको हो ।
दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभभको छ ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान साढे ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताउनुभयो।
बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

0 Comments