भाेजपुरकाे पौवादुङमा गाउँपालिका–१ को वडा कार्यालयमा नचिनेकाे समूहद्वारा ताेडफाेड

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशीलाको वडा कार्यालयमा नचिनेकाे मानिसकाे समूहले तोडफोड गरेको छ । 

कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । 

कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्री फुटाइएको उहाँको भनाइ छ । 

कार्यालयमा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताउनुभयो । कर्मचारी बस्ने कोठामा समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । 

Post a Comment

0 Comments