काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार(आज) बिहानसम्म देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार आज राति देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहनेछ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

0 Comments