नेपाल मगर संघ रोल्पाको ४२ औं स्थापना दिबसको लिबाङमा पनि मनाइयो

टेकमन बिष्ट, रोल्पा १५ फागुन । मगर भाषा, भेष–भूषा, कला ,संस्कृती, संस्कार संरक्षण संम्बर्दन गरौ“ भन्ने मुल नारा र उदेश्यका साथ नेपाल मगर संघ रोल्पाको ४२ औं स्थापना दिबस लिबाङमा मनाइएको छ । दिवसको अवसरमा  शुभकामना आदान–प्रदान तथा मगर जातिको भाषा, कला र संस्कृतिको संरक्षण र विकासका लागि दस वटै स्थानीय तहको उपस्थितमा अन्तर क्रिया कार्यक्रम लिबाङमा संचालन गरिएको थियो । कार्यक्रम विभिन्न राजनिति दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी,पत्रकार,समाजसेवी लगाएको उपस्थिति रहेको थियो । 

मगर जातिको भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने मुल उदःयका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । हरेक वर्षको फागुन १५ गते फाल्गुन कृष्ण तृतीयाको दिन दिवस मनाइने बताइएको छ । 


आजको दिन मगर हरुको विशेष दिन पनि हो मगर जातिको आफ्नै भाषा,भेष भुषा लाई जोगाउने उद्स्यका साथ कार्यक्रम गरि सूचना तथा शुभकामना आदान प्रदान गरिन्छ । पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो । 

प्रथम महाधिवेशन भएको आज ४१ वर्ष पूरा भएर ४२ औं वर्षमा प्रवेश गरेको छ । आज देश तथा विदेशमा रहेका मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाइरहेका छन् । 


२०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । 

मगरहरुको सांगठनिक रुपले गोलबन्द भएको दिनको रुपमा विश्वभरमा सांगठनिक पर्वको रुपमा मगर बस्ती बस्तीमा मनाउँदै आइरहेका छन् । 


मगर दिवसमा एकापसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न, गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरु सुनिश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउने लगायतका सवालमा छलफल गरि कार्यक्रमको सप्पन्न गरिएको हो ।

Post a Comment

0 Comments