सामाजिक मावीमा कक्षा १० को विद्यार्थीहरुलाई बिदाई

याम बहादुर खड्का उदाशी । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा न. ३ जुतुङखोलामा रहेको सामाजिक माध्यमिक बिद्यालयमा कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

सामाजिक माध्यामिक बिद्यालयका ३४ जना विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । कक्षा ९ की विद्यार्थी  डोल्मा घर्ती मगरको अध्यक्षतामा बिदाई कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जानकारी दिएको छ । 


कार्यक्रमको प्रमुख अथितिमा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष एंव वडा न. ३ का वडा अध्यक्ष नेम बहादुर खड्का रहनु भएको थियो । कार्यक्रम को बिशिष्ट अथितिमा शिक्षक अविभावक संघका अध्यक्ष चेतमान पुन रहनु भएको थियोे । बिदाई कार्यक्रमको अन्य अथितिहरुमा बिद्यालयका शिक्षक, शिक्षिका अभिभावक हरुको रहेको उपस्थिति  थियो । कार्यक्रममा बिद्यालयमा अध्यनरत विद्यार्थीहरु उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य कक्षा ९ कि विद्यार्थी  धनसरी जिसि  ले गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक राम प्रसाद भुसालले गर्नुभएको बिद्यालय बताएको छ । विदाई कार्यक्रममा बोल्ने वक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको आगामि दिनमा थप उज्वल भविष्यको कामना गरेका थिए । विदाई भएर जाने विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट धेरै सिकेको भन्दै उनीहरुले आफ्नो शैक्षिक यात्रासँग समाजमा उदाहरणीय काम गर्ने बताएका छ्न । कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ट अतिथी, अन्य अतिथी, बिद्यालयका प्रध्यानाध्यापक, बिद्यालयमा अध्यापनरत शिक्षकहरुले बिदाई भएर जाने विद्यार्थीहरुलाई अविर माला लगाएर विदाई गरेको त्यहाँबाट याम बहादुर खड्का उदासिले जानकारी दिनु भएको छ ।


Post a Comment

0 Comments