काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।
तीन मन्त्रीले सोमबार(आज) राष्ट्रपति कार्यालयमा शपथ लिनुभएको हो । तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुभएको हो ।
गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री हुनुहुन्थ्यो ।

0 Comments