आर.एन नेटवर्क, १८ असार, रोल्पा । सिरहाको नरहा गाउँपालिका–३ खोरिया टोलमा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उहाँका ८ वर्षीय भाञ्जा आशिष मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यायल सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो ।
0 Comments