चक्कु प्रहारबाट रोल्पामा एक जनाको मृत्यु, दुई घाइते

आर.एन नेटवर्क, साउन ६ रोल्पा । रोल्पामा धारिलो हतियार चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलबस्तु घर भइ रोल्पा नगरपालिका ४ खाद्य टोलमा शनि ग्यारेजका संचालक २९ बर्षिय शनि भनेर चिनिने सुनिल पुन मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सनिबार राती ९ बजेको समयमा कपिलबस्तु बाणगंगा नगरपालिका २ घर भई हाल रोल्पा नगरपालिका ४ खाद्य टोल स्थित शनि ग्यारेजका संचालक शनि भन्ने सुनिल पुन मगर, सोहि ग्यारेजमा काम गर्ने थवाङ गाउँपालिका घर भई हाल खाद्य टोल बस्ने १६ बर्षका अनिल पुन मगर र दाङ राप्ति गाउँपालिका वडा नं १ पाखापानि घर भई हाल रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै नेपाल अटो वर्कशपका संचालक ३३ बर्षका कृष्ण बहादुर अधिकारीमाथी चक्कु प्रहार भएको हो ।

चक्कु प्रहार गर्नेमा रोल्पा नगरपालिका वडा नं ९ गर्पाका २८ बर्षिय मदन रोका मगर लगायतका व्यक्तिहरु रहेको बताइएको छ ।

उक्त घटना घटको थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालयका रोल्पाका प्रहरी निरिक्षक केशब राज बराकोटिको कमाण्डमा प्रहरी टोलि खटि गई घाईतेहरुलाई उपचारको लागी रोल्पा अस्पताल रेउघामा पठाएको थियो ।

अस्पतालले शनि भन्ने सुनिल पुन मगरको मृत्यु भएको जानकारी गराएको छ । कृष्ण बहादुर अधिकारीको बाँया हातको बुढि औलामा चोटलागेको बोल्न सक्ने, मध्यम अबस्था रहेको बताएको छ । त्यस्तै अनिल पुन मगरको ओठ र टाउकोमा चोट लागेको बोल्न सक्ने, सामान्य अबस्थामा रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।


घटनामा संलग्न केही व्यक्तिहरु पक्राउ परेको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Post a Comment

0 Comments