रोल्पामा छोरा गरे आमा माथी चक्कु प्रहार

आर.एन नेटवर्क, साउन ९ रोल्पा । रोल्पामा छोराले आमा माथी चक्कु प्रहार गरेका छन् ।

रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर १ पाना बस्ने ८५ वर्षीय पवित्रा घलेलाई आफ्नो ४६ वर्षीय साइलो छोरो खाम बहादुर घलेले तरकारी काट्ने फलामे चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी, प्रहरी निरीक्षक केशव राज बराकोटीले जानकारी दिनुभएको छ  ।

घटना बुधबार बिहान १० बजेको समयमा भएको प्रहरीले जनाएको छ । घाइते पवित्रा घलेको निधारदेखी ओठसम्म काटिएको बताएको छ ।

घाइतेको रेउघा अस्पतालमा उपचार भैरहेको र चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्रोत:- मालश्री खबर 

Post a Comment

0 Comments