बाँके,१९ असार । नेपालगन्ज उपमहानगरपालिका २० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा.५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

0 Comments