आर.एन नेटवर्क, साउन ९ रोल्पा । काठमाडौं, भक्तपुर र ललितपुरमा आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।
पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ ।
विश्व स्वस्थ्य सङ्गठनले सन् २०१४ मै नेपाललाई पोलियो मुक्त घोषणा गरेको थियो । पोलियोमुक्त भएको १० वर्षपछि नेपालमा पोलियो भाइरस भेटिएको र यसबारे थप अनुसन्धान र परिक्षण पनि भइरहेको डा। गौतमले बताउनुभयो ।

0 Comments