आर.एन नेटवर्क, साउन २८ रोल्पा । राेल्पामा अटाे दुर्घटना हुदा ५ जना घाइते भएका छन।
साेमबार दिउँसो करिब ३:३० बजेतिर त्रिवेणी गाउँपालिका वडा-५ चबि स्थित जुगार देखि लिङ्डुङ तर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
घाइते हुनेमा अटाे चालक त्रिवेणी गाउँपालिका -३ टाकुरा बस्ने बर्ष ५१ को निम बहादुर वि.क.(दायाँ हातमा चोट अवस्था सामान्य), लिङ्दुङ बस्ने वर्ष ३९ कि शान्ता घर्ति (बायाँ खुट्टामा चोट), उनकाे छोरी वर्ष १६ की झरना घर्ति (दाहिने हातमा चोट), गोलकट्टी बस्ने १३ वर्षिय रमिता वली (दाहिने हातमा चोट अवस्था सामान्य र नेर्पा बस्ने वर्ष ४० की हिमा कुमारी बि.क.को (बाया खुट्टामा चाेट) रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक राेहित कुमार शाहीले बताए ।
घाइते मध्ये रमिताकाे प्राथमिक स्वास्थ्य केन्द्र नेर्पा जुगारमा उपचार भइरहेको र अन्य ३ जनालाई थप उपचारका लागि दाङ रिफर गरिएको र उपचारका लागि अटाे चालकले लिएर गएको प्रहरी निरीक्षक शाहीले बताए। (फाइल तस्बिर)

0 Comments